image

कोभिडपछि चम्कियो मोबाइल व्यापार, २० अर्बको भित्रियो ।

काठमाडौं माघ ८ ।  विश्वव्यापी महामारीको  संक्रमणपछि मोबाइलको व्यापार उत्साहजनक देखिएको छ। चालु आर्थिक वर्षको ६ महिनामा २० अर्ब रुपैयाँ बराबरको मोबाइल सेट आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९ अर्ब बढी हो।
कोभिड नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण सीमा नाकाबाट अवैध रुपमा मोबाइल आउने क्रम रोकिए भने भर्चुअल क्लास र मिटिङका कारण व्यापार चम्कियो। वैध रुपमा कारोबार गर्ने विभिन्न मोबाइल कम्पनीका अधिकृत बिक्रेता कम्पनी मालामाल भएका छन्।

चालु आवको पहिलो ६ महिनामा २० अर्ब रुपैयाँ बराबरको ३६ लाख ६४ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ। गत आव २०७६/०७७ को यही अवधिमा २९ लाख ३९ हजार थान बराबरको ११ अर्ब रुपैयाँ हाराहारी स्मार्टफोन नेपाल भित्रिएको थियो। जसबाट सरकारले तीन अर्ब २६ करोड रुपैयाँभन्दा बढी भन्सार राज्यको ढुकुटीमा आएको छ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत मंसिरमा ओरालो लागेको मोबाइल फोनको आयात पुसमा भने ह्वात्तै उकालो लागेको छ। मंसिरमा एक लाख थानभन्दा बढीले घटेर पाँच लाख ८२ हजार १८ थान स्मार्टफोन आयात भएकोमा पुसमा बढेर आठ लाख ९१ हजार सात सय ८७ थान आयात भएको छ। पुसमा झण्डै तीन अर्ब रुपैयाँ बराबरको फोन आयात भएको विभागले जनाएको छ। जसबाट सरकारले ४७ करोडभन्दा बढी भन्सार असुल गरेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।