घर तथा सहकारी लुट्ने लुटेरा पक्राउ
काठमाडौँ ५ कात्तिक । घर तथा सहकारी फोरेर लाखौ धनमाल चोर्ने युवक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले रामेछाप दोरम्बाका ३१ बर्षीय कमल थापामगर नाम गरेका युवालाई पक्राउ गरेको हो । मगरलाई कात्तिक ४ गते कोटेश्वरबाट पक्राउ गरिएको हो ।
मगरले धेरै ठाउँमा छोरि गरेको खुलेको छ । महाशाखाको प्रहरीको अनुसार मगरले सितापाइलास्थित निर्मल गिरीको घरबाट तीन लाख ५८ हजार नगद, सोही स्थानका विश्वनाथ खनालको घरबाट ३ लाख १० हजार, सीतापाइलाकै कृष्ण लामाको घरबाट ४ लाख ३० हजार, मुलपानीस्थित देवी बचत तथा ऋण सहकारीबाट २ लाख, कोटेश्वरस्थित हिलटप सहकारी संस्थाबाट १ लाख ३७ हजार ५ सय बराबरको धनमाल, स्वयम्भूस्थित रुपेश गलानको घरबाट ४ लाख ८० हजारको धनमाल चोरेको खुलेको छ ।
त्यस्तै कागेश्वरीको दिदी सहकारीबाट २ लाख १० हजार चोरी गरेको प्रहरीले जनाएको छ ।