वडा र पालिका अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने
काठमाडौँ, ५, कात्तिक । नेकपा एमाले केन्द्रीय कार्यालयले वडा र पालिका अधिवेशनका लागि मातहतका निकायलाई परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको परिपत्रमा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भन्दै त्यसमा जोडिने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशनको उद्घाटनसँगै भर्चुअल माध्यमबाट सम्भव भएसम्म सबैलाई संयुक्त रूपमा सम्बोधन गर्ने भनिएको छ
। वडा अधिवेशन भर्चुअल माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ परिपत्रमा लेखिएको छ, यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसका लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशनपरिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ।
त्यस्तै, नेतृत्व चयनको विधिबारे पनि पत्रमार्फत निर्देशन गरिएको छ, नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने ।
अधिवेशन सञ्चालन गर्न जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरूलाई पालिका र वडामा अधिवेशनको सहजीकरणका लागि जिम्मेवारी तोक्ने परिपत्रमा उल्लेख छ ।
वडा अधिवेशन सम्पन्न भएपछि पदाधिकारीसहितका कमिटीका फोन नम्बर र इमेलसहित नामावली, अद्यावधिक विवरण जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा पठाउन भनिएको छ ।