image
image

साइनो नेपाल मिडिया सोसाइटीद्वारा सञ्चारकर्मीलाई मास्क सहयोग

काठमाडौँ ४ कात्तिक । साइनो नेपाल मिडिया सोसाइटीले अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेको छ । सोसाइटीले आज प्रेस सेन्टरलाई चार हजार ८०० थान र नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई एक हजार २०० थान मास्क सहयोग गरेको हो ।

सोसाइटीका अध्यक्ष धु्रव पौडेलले प्रेस सेन्टरलाई पेरिसडाँडा र महासङ्घ भक्तपुर शाखा तथा मध्यपुर सञ्चार समाजलाई थिमीमा पुगेर मास्क प्रदान गरेका हुन् । यसैगरी प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा र महासङ्घ तथा समाजका लागि मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई मास्क हस्तान्तरण गरिएको थियो ।

प्रमुख श्रेष्ठले सोसाइटीबाट प्राप्त मास्क महासङ्घका अध्यक्ष जगतकृष्ण प्रजापति र समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । महासचिव सापकोटाले कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेकामा आभार प्रकट गरे । सोसाइटीले सञ्चारकर्मीलाई विभिन्न सहयोग गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।