image
image
भारतमा फेरी बढ्यो कोरोना संक्रमितको संख्या

भारतमा फेरी बढ्यो कोरोना संक्रमितको संख्या

काठमाडौँ, ४, कात्तिक । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ। बुधबार भारतमा १४ हजार ६२३ जना कोरोना भाइरसबाट नयाँ  संक्रमित थपिएकामा बिहीबार त्योभन्दा चार हजार बढी देखिएको छ। पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन्।

सोही अवधिमा १७ हजार ५१६ जना संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या थोरै भएकाले सक्रिय संक्रमितको संख्या पनि वृद्धि भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख ७८ हजार ८३१ रहेको जनाएको छ। 

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड ३४ लाख ९५ हजार ८०८ पुगेको मन्त्रालयले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।