image
image

हावाहुरीका कारण हुम्लामा हवाई उडान अवरुद्ध

काठमाडौँ, ४, कात्तिक । हावाहुरीका कारण हिमाली जिल्ला हुम्लामा हवाई उडान अवरुद्ध भएको छ । आज बिहानैदेखि हावाहुरी चल्दा हवाई उडान अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

गएको आइतबारदेखि हुम्लामा लगातार वर्षा र हिमपात हुँदा अवरुद्ध भएको हवाई उडान बुधबारदेखि सञ्चालनमा आएको थियो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘‘हिजो पानी पर्दापर्दै समिट एयरले एक फ्लाइट भरेको थियो । आज हावाहुरीका कारण पुनः उडान अवरुद्ध भएको छ । मानसरोवर घुम्न आएका पर्यटक, स्थानीय, सहरमा पढ्न जाने विद्यार्थीहरू पाँच दिनदेखि उड्न पाएका छैनन्,” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।