रिमोटबाट चल्ने ड्रोन प्रयोग गरी भारतले सीमाक्षेत्रमा बढायो निगरानी
काठमाडौँ, ४, कात्तिक । भारतले अरुणाञ्चलस्थित चीनसँगको सीमाक्षेत्रमा निगरानी बढाएको छ। भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार रिमोटबाट चल्ने ड्रोन प्रयोग गरी भारतले सीमाक्षेत्रमा दिवाकालीन र रात्रीकालीन निगरानी बढाएको हो।
चीनसँगको सीमाक्षेत्रमा सैन्य तयारी बढाउने रणनीतिअनुसार भारतले निगरानी बढाएको हो। ड्रोनका साथै भारतीय सेनाको विमान पनि सीमाक्षेत्रको निगरानीका लागि खटाइएको छ।
गत वर्ष गलवान उपत्यकाका दुवै मुलुकका सेनाबीच भएको हिंसात्मक झडपपछि उत्पन्न भएको चीन–भारतबीचको तनाव अझै साम्य भइसकेको छैन।
त्यसयता दुवै मुलकले सीमाक्षेत्रमा पूर्वाधार विकास तथा सैन्य शक्ति खटाउने कार्यलाई तीव्रता दिँदै आएका छन्।
समाचारमा उल्लेख गरिएअनुसार अरुणाञ्चलमा भारतीय सेनाले अतिरिक्त सडक, पुल र रेलमार्ग सञ्जालजस्ता पूर्वाधार विकासलाई पनि तीव्रता दिएको छ।
गत वर्ष दुई मुलुकका सेनाबीच गलवान उपत्यकामा भएको झडपपछि विवाद साम्य गर्न चीन र भारतीय सेनाका अधिकारीहरुबीच विभिन्न चरणमा वार्ता भइरहेको भए पनि अहिलेसम्म कुनै निष्कर्ष भने निस्केको छैन।