सभापति शेरबहादुर देउवाले पार्टी कमजोर बनाएको प्रकाशमान सिंहको आरोप
काठमाडौँ, ४, कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीभित्र परम्परा र मूल्य/मान्यताविपरीत काम गरेको आरोप लगाएका छन्। जसले गर्दा पार्टी कमजोर बनेको उनको जिकिर छ।
बिहीबार धादिङको धुनिबेसीमा पार्टीकाे नगर कार्यसमितिको कार्यालय भवन उद्घाटन समारोहमा उनले पार्टीको १३औं महाधिवेशनपछि नेतृत्वकर्ताले विधि/पद्धति र मूल्य/मान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको टिप्पणी गरेका हुन्।
नेता सिंहले विधिसम्मत र संस्थागत रूपमा पार्टीलाई अगाडि बढाउन सक्षम नेतृत्वको आवश्यकता रहेको बताए।
पार्टीका वरिष्ठ नेताहरूलाई सम्मान गर्नुपर्ने तर काम गर्न नसक्नेलाई पार्टीको नेतृत्व सुम्पिन नहुने कटाक्ष उनले गर। नेता सिंहले पार्टीको आसन्न १४औं महाधिवेशन जसरी पनि तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिए।
‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ। क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ’, उनले भने, ‘यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’
अधिवेशन समयमा गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको नेता सिंहले बताए। पार्टीलाई ठीक ठाउँमा ल्याउन सबै नेता/कार्यकर्ताले विधि र पद्धति पालना गर्नुपर्नेमा नेता सिंहले जोड दिए।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाको गृहजिल्लामा प्रहरीको घेराभित्र महाधिवेशन गरिएको आरोप लगाउँदै नेता सिंहले त्यसले गर्दा पार्टीको छवि बिग्रिएको बताए।
अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्न सिंहले बताए।