image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, ४, कात्तिक । आज (बिहीबार) नेपालमा अमेरिकी डलर र यूरोसहित अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ बलियो भएको हो । बुधबार खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको खरिददर आज ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसामा झरेको छ । 

यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३९ रुपैयाँ १ पैसा निर्धारण गरिएको छ । आज यो मुद्राको पनि विनिमयदर घटेको हो । बेलायती पाउण्ड स्टेर्लिङको विनिमयदर पनि घटेको छ । हिजो एक पाउण्डको खरिददर १६६ रुपैयाँ २६ पैसा र बिक्रीदर १६७ रुपैयाँ तोकिएको थियो । आज खरिददर १६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६५ रुपैयाँ १९ पैसा कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । 


अष्ट्रेलियन डलरको भाउ पनि घटेर खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८९ पैसा कायम भएको छ । हिजो यो मुद्रा एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा निर्धारण गरिएको थियो ।


क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ २० पैसा, तथा जापानी येन १० को खरिददर १० रुपैयाँ ४४ पैसा र बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ ।  चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यी तीनवटै मुद्राको विनिमयदर आज घटेको हो ।


नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य रहीआएको खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा तोकिएको छ ।  कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । नेपालमा आज यी दुवै मुद्राको विनिमयदर घटेको हो ।


आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र बिक्रीदर २८ रुपैयाँ ८६ पैसा कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यी दुई मुद्राको विनिमयदर पनि घटेको हो । 

यसैगरी, कुबेती दिनार एकको खरिददर ३९६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३९८ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ । बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१८ रुपैयाँ ५६ रुपैयाँ तोकिएको छ ।  दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यी तीनवटै मुद्राको भाउ पनि आज घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।