image

प्रि–ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो

काठमाडौँ, ४, कात्तिक । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि(ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ। यस सेसनमा सूचक दुई हजार ५७३.०५ विन्दुमा आइपुगेको छ। बुधबार नेप्से ६० दशमलव ५६ अकंले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा बन्द भएको थियो।

बिहीबारको यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बिहीबारको सेसनमा सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५० अंक बढेको छ।

आजको प्रि–ओपन सेसनमा नौ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये पाँच कम्पनीको सेयर मूल्य बढेको छ भने एक कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी तीन कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।