image
image

पहिरोले अवरूद्ध सिद्धार्थ राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ, ४, कात्तिक । स्याङ्जामा पहिरो खस्दा अवरूद्ध भएको सिद्धार्थ राजमार्ग सुचारू भएको छ।

बिहीबार बिहान सवा १० बजेदेखि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

अविरल वर्षाका कारण फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडस्थित राजमार्गमा पहिरो खसेको थियो। बिहान करिब साढे ३ बजे पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको थियो। 

अहिले सो राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको हो।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।