image
image

हुम्लामा फसेका चार विदेशी नागरिकको हेलिकोप्टरद्वारा उद्धार

काठमाडौँ, ४, कात्तिक । हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीकोे तुम्लिङमा आइतबारदेखिको हिमपातका कारण फसेका चार विदेशी नागरिकको बिहीबार उद्धार गरिएको छ । स्लोभेनियाका चार नागरिकलाई ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ ।

चार विदेशी नागरिक, तीन टुरिस्ट गाइड र पाँचजना स्थानीय सो ठाउँमा पाँच दिनदेखि फसेका थिए । त्यस क्षेत्रमा तीन फिटसम्म हिउँ परेकाले उनीहरू रोकिएका थिए ।

‘‘हिमाली क्षेत्र लिमीको पदयात्रा सकाएर सदरमुकाम सिमकोट फर्केने क्रममा भारी हिमपात हुँदा फसेका चार विदेशी नागरिकको उद्धार भइसकेको छ । अरू आठजनाको उद्धार हुनेक्रम जारी छ । फसेकाहरूले आफैँले हेलिकोप्टरको रुपैयाँ तिरेका छन् । ट्रेकिङ कम्पनीमार्फत आएका रहेछन् । ट्रेकिङ कम्पनीसँग प्रशासनले समन्वय गरेर उनीहरूकै हेलिकोप्टर पठाइएको हो,” हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।