image
image

आज आंशिकदेखि सामान्य बदली, अझै भारी वर्षाको सम्भावना छ ? 

काठमाडौँ, ४, कात्तिक । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरुका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए । 

आज राति देशभर आंशिकदेखि सामान्य वदली रहने छ । प्रदेश  १ र गण्डकी  प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षा र पहिरोको सम्भावना अब नरहेको मौसमविद्  पौडेलले जानकारी दिए । उनका अनुसार केही दिन परेको निरन्तरको भारी वर्षा गराउने प्रणाली बााहिरिसकेकाले अब ठूलो वर्षा हुने छैन । 

“काठमाडौंमा आज बिहानबाट घाम लाग्न थालिसकेको छ । घाम पूर्णरुपमा नलागेर बदली भए पनि अब भारी वर्षा हुने छैन,” पौडेल भन्छन्, “यस अघिको प्रणालीको केही छुटपुट अंशका कारण बदली र वर्षा भए पनि त्यसले ठूलो वर्षा हुँदैन । छिटपुट वर्षा मात्रै गराउने छ ।”

हाल भारतको बिहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको उनले बताए ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।