image
image

गौतमबुद्ध विमानस्थलमा राखिदै साढे २ अर्बको मूर्ति

काठमाडौँ ३ कत्तिक ।  दुई अर्ब ५० करोड मूल्य बढीको बुद्ध मूर्ति मंगलवार भैरहवा भन्सार कार्यालयमा आइपुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने सो मूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत गौतमबुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्ध मूर्ति ल्याइएको फाउण्डेसनका महासचिव एकराज गिरिले बताए ।


म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई कात्तिक १४ गते राष्ट्रपति मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो । वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ । यो मूर्ति लोटस ल्पावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।