image
image

निरन्तर वर्षाका कारण ताप्लेजुङ अन्धकार

काठमाडौँ ३ कात्तिक  । निरन्तर वर्षाका कारण तीन दिनदेखि ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकार भएको हो । गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएसँगै ताप्लेजुङमा बिजुली प्रवाहमा समस्या आएको विद्युत् प्राधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली नभएपछि सोमबारदेखि मोबाइल सेवासमेत अवरुद्ध भएको छ ।

ल्याण्डलाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवरुद्ध भएको छ । साथै बिजुली नहँुदा स्थानीय सञ्चारमाध्यमसमेत प्रसारणमा समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबार साथै बैंकिङ कारोबारसमेत समस्या भएको छ ।

ताप्लेजुङमा मोबाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । मोबाइल सेवा अवरुद्ध भएपछि जिल्ला बाहिरबाट आउने तीर्थयात्री तथा पर्यटक ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलपत्र परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।