image
image

सीता भण्डारी प्रकरण : ११ लाखको लेचेक बुझेपछि भयो अन्त्येष्टि

काठमाडौँ  ३ कत्तिक । रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको हत्या वा आत्महत्या भन्ने विषयको विवाद ११ लाखको लेनदेनमा सकिएको छ । गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका-५, मणिग्रामकी सीताको आत्महत्या या हत्या भन्ने विवाद लम्बिँदा डेढ महिनासम्म अन्त्येष्टि हुन सकेको थिएन ।

मृतक सीताका माइती पक्षले पौडेल परिवारबाट मंगलवार अपरान्ह ११ लाख रूपैयाँको चेक बुझेपछि अन्त्येष्टि गर्न सहमति दिएका थिए ।अहिले तिलोत्तमा नगरपालिका र बुटवल नगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१७, गंगोलियामा रहेको मध्यस्थकर्ताको घरमा भएको लिखित सहमतिअनुसार मृतक सीताका ससुरा देवी पौडेलले सीताका भाइले भिनाजु (टिका पौडेल)लाई दिएको सापटी एक लाख रूपैयाँ र विवाह गर्दा लागेको खर्चबापतको १० लाख रूपैयाँको चेक दिएका थिए ।

मंगलवार गरिएको लिखित सहमतिमा भण्डारी परिवारले विवाह गर्दा लागेको खर्च बापतको १० लाख र सापटी दिएको एक लाख गरी ११ लाख रूपैयाँ बुझ्ने र आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति गरिएको बताइएको छ ।

गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी भण्डारीको न्यायको लागि भन्दै 'जस्टिस फर सीता भण्डारी' भन्ने अभियान सञ्चालन गरिएको थियो ।प्रहरीले सीता भण्डारीका श्रीमान टीका पौडेल, आमाजू र जेठाजुलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत अनुसन्धान गरिरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।