उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी
काठमाडौँ ३ कात्तिक ।मुलुकभर नै निरन्तरको वर्षातपछि आएको बाढीपहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने तयारी गरेको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकामा अपुग हुने देखिएपछि निजी कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको हो ।
गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री बालकृष्ण खाँणको पहलमा बसेको बैठकले सो निर्णय गरेको हो । निजी वायु सेवा कम्पनीको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपद्मा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरु सेवा दिन तयार रहेको बताएका थिए । उनले बैठकमा निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकप्टर भएको जानकारी दिएका थिए ।
त्यस्तै निजी हेलिकप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ । बैठकमा गृहमन्त्री खाँणले राष्ट्रिय विपद्को सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।