image
image

अमेरिकाको टेक्ससमा विमान दुर्घटना

काठमाडौँ, ३, कात्तिक। अमेरिकाको टेक्ससमा एउटा विमान दुर्घटना भए पनि सो विमानमा सवार सबै यात्रु बाँच्न सफल भएका छन् । ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल भएका हुन् ।

कसैलाई पनि ठूलो चोट नलागेको बताइएको छ । ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको हो ।

अग्नि नियन्त्रकहरूले आगो निभाउनुअघि नै सबै यात्रुहरू र चालक दलका सदस्यलाई विमानबाट सुरक्षित निकालेको र दुईजनालाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।