image
image

एमसीसी नेपालको हितमा छ, विवाद गर्नु आवश्यक छैन : प्रधानमन्त्री

काठमाडौँ, ३, कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताएका छन् । एमसीसी सम्झौता छिटो पारित गनुपर्ने र यसमा कुनै विवाद गर्नु आवश्यक नभएको उनको भनाइ छ । 

उनले एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको दाबी गर्दै भने– “अब यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ भने ।”

प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभई अनुदान भएको स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरै होइन । एमसीसी नेपाललाई दिइएको त्यो ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन अनुदान हो ।’ एमसीसीको नाममा नेपालमा रहेका केही तत्वले बखेडा गर्न खोजेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ‘एमसीसी विशुद्ध नेपालको हितमा’ भएको बताएका छन् ।

एमसीसीमा केही सुधार गर्नुपर्ने पक्ष भए पनि अमेरिका तयार रहेको पनि उनले उल्लेख गरेका छन् । ‘एमसीसीमा करेक्सन गर्न अमेरिका तयार छु भनेको छ । अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले चैतसम्ममा लक्षित जनसंख्यालाई कोरोनाविरुद्ध खोप लगाइसकिने पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।