image
image

उत्तराखण्डमा भारी वर्षा, बाढीका कारण कम्तीमा ४७ जनाको मृत्यु

काठमाडौँ, ३, कात्तिक । उत्तराखण्डको कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षामा कारण ४२ जनाको मृत्यु भएको खबर छ । यसका साथै वर्षाका कारण निम्तिएको विपत्मा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले चारधाम यात्रीलाई आफू भएकै स्थानमा बसिरहन आग्रह गरे । उनले मौसममा सुधार हुनुभन्दा अघि यात्रा सुरु नगर्न अपिल पनि गरे ।

अधिकारीका अनुसार खराब मौसम हुँदाहुँदै पनि नैनितालसँग सम्पर्क बहाल गरिएको छ ।डीआईजी निलेश आनन्द भरनेले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार कुमाऊ क्षेत्रमा मात्रै मृत्यु हुनेको संख्या ४० पार भएको छ ।

अधिकारीले दिएको जानकारी अनुसार नैनीताल  जिल्लामा २८, अल्मोडा र चम्पावतमा ६–६, पिथौरागढ र उधम सिंह नगर जिल्लामा एक–एक जना मारिएका छन् ।

उत्तराखण्डको मुख्यमन्त्री पुष्कर सिंह धामीले वर्षाबाट प्रभावित इलाकाको हवाई सर्वेक्षण गर्दै प्रभावितसँग कुराकानी पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।