image
image

पहिरोले राप्ती राजमार्ग अवरुद्ध

काठमाडौँ, ३, कात्तिक । पहिरोले राप्ती राजमार्ग अवरूद्ध भएको छ।अविरल वर्षापछि राजमार्गका विभिन्न खण्डमा पहिरो झरेको छ। 

दाङको तुलसीपुर हुँदै सल्यान कपुरकोटदेखि रुकुम सडकखण्ड अवरुद्ध भएपछि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन्।

सल्यानका प्रहरी प्रमुख गोबिन्द थापाका अनुसार कपुरकोट गाउँपालिका अन्तर्गतको अरीगाँंलेफेदी र बागचौर नगरपालिकाको जलेखर्चमा झरेको पहिरोले सडक अवरुद्ध भएको छ।

पहिरो हटाउने काम भइरहेको छ। दाङको तुलसीपुर घोराही सडकखण्डमा पनि साना सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।

स्थानीय पत्रे लगायतका खहरे खोलाहरुमा बाढी आएका कारण मंगरबार बेलुकादेखि नै मोटरसाइकल, स्कुटी, जिप, कार सञ्चालनमा आउन नसकेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।