image
image

लगातारको वर्षातका कारण जिल्लामा फोन र विद्युत् सेवा अवरुद्ध

काठमाडौँ २ कात्तिक: दुई दिनदेखिको लगातारको वर्षातका कारण डोटी जिल्लामा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत् कार्यालय दिपायलले जनाएको छ ।

विद्युत् सेवा अवरुद्ध भएसँगै सञ्चारका साधन पनि अवरुद्ध भएका छन् । एनसेल सिमकार्ड भने सञ्चालनमा छ । विद्युत् नभएका कारण नेपाल टेलिकमका ल्यान्डलाइन तथा एफटिटिएच (नेट) सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जनाएको छ ।

विद्युत्सहित नेट सेवा दुई दिनदेखि पूर्ण रुपमा अवरुद्ध भएपछि त्यहाँका सञ्चारकर्मीले आफ्ना सञ्चार माध्यममा समाचार सम्प्रेषण गर्न पाएका छैनन् भने जिल्लामा रहेका चारवटा एफएम रेडियोहरु पनि बन्द भएका घण्टेश्वर एफएम बुडरका स्टेसन मेनेजर शिव ओलीले बताए । उनले भने, “फोन, नेट र विद्युत् सेवा नहुँदा कतिपय रेडियो बन्द भएका छन्, केहीले जेनेटर बालेर खाली बाढी पहिराबाट जोगिन सूचना प्रसारण गरिरहेका छन् ।”

जिल्ला नै सञ्चार सम्पर्कविहीन भएका कारण कुन ठाउँमा के कति क्षति भयो त्यसका बारेमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।