काठमाडौँ उपत्यकाको नयाँ यातायात भाडादर सार्वजनिक
काठमाडौँ २ कात्तिक । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको भाडादर बढेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार उपत्यकाका सार्वजनिक यातायातले भाडा बढाएका हुन् ।
बढेको भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले चढ्ने वित्तिक्कै १८ रुपैयाँ भाडा बुझाउनुपर्नेछ । यस्तै, काठमाडौं उपत्यकाका यात्रुले बढीमा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।
तालिकामा हेर्नुहोस् काठमाडौंमा अब कति दुरी यात्रा गर्दा कति भाडा लाग्छः

| दुरी | भाडा |
| ५ किलोमिटरसम्म | १८ रूपैयाँ |
| १० किलोमिटरसम्म | २३ रूपैयाँ |
| १५ किलोमिटरसम्म | २७ रूपैयाँ |
| २० किलोमिटरसम्म | ३० रूपैयाँ |
| २० किलोमिटरभन्दा माथि | ३५ रूपैयाँ |