image
image

अविरल वर्षाको कारण पहिरोको जाँदा २ जनाको मृत्यु

काठमाडौँ, २, कात्तिक । पहिरोको कारण डडेलधुरा र कालिकोट जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडा बस्ने ३२ वर्षीय विष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको छ । पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै पसल पूर्णरुपमा क्षति भएको छ । 

उता कालिकोटको महाबै गाउँपालिका–७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकै छोरी १८ वर्षीया स्मृति अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ । साथै उनकै १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छिन् । 


बझाङको बित्थडचिर गाउँपालिका–२ पैरास्थित जयपृथ्वी राजमार्गमा सोमबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बित्थडचिरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ । 


कञ्चनपुरको भिमदत्त नगरपालिका–१२ ओदाली र दोधारा चादनी नगरपालिका(१० कुतीया कभर, शान्तीटोल, बैदीफाटा र निशानीटोलमा अविरल बर्षा कारणले माहाकाली नदीमा पानीको सतह वढ्दा करिब २ सय घर डुबानमा परेका छन् । डुबान परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गड्डा चौकी र ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । घटनास्थलमा तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।