image
image

झापामा हावाहुरी र पानीले पाकेको धानमा क्षति

काठमाडौँ, २, कात्तिक । झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति पुर्‍याएको छ। गए राति आएको हावाहुरीले धान ढलेको छ। पानी परेपछि कतिपय स्थानमा काटेर पाँजा लगाइएको धानमा समेत क्षति पुगेको छ। पाकेको धान भित्र्याउन नपाउँदा किसान मर्माहत छन्।

शिवसताक्षी नगरपालिकाका अधिकांश क्षेत्रमा पाकिसकेको धान पानीले नोक्सान गरिदिएको किसानले बताएका छन्। धान पाकेर पहेँलै देखिएका खेत अहिले पानीले डुबेको छ। मेचीनगर, बिर्तामोड, झापा, कन्काई, गौरीगंज, गौरादह, हल्दिबारी, काचनलावल लगायतका क्षेत्रमा गए रातिदेखि भारी पानी परेको थियो।

शिवसताक्षी नगरको शिवगञ्ज, पाँचगाछी,मंगलबारे ,पाराबारी लगायतका क्षेत्रमा पानीले धान नष्ट गरेको किसानहरुले बताएका छन्।स्थानीय किसान रामबहादुर दाहालले हावाहुरीसहित आएको पानीले धान नष्ट गरेको बताए। ‘अब दुई दिन पानीमै धानका बाला डुबे भने त कुहिन्छ,’ उनले भने।अर्का किसान राम रायले पानीले धान डुबाएको बताए। ‘खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिसक्छ,’ उनले भने।

शिवसताक्षीका रामबहादुर न्यौपानेले दसैँपछि काटेर खेतमै सुकाएको धान उठाउन नपाउदैँ पानीले डुबाएको बताए। उनले पाँच कट्ठा खेतमा रोपेको धान काटिसकेका थिए। झापामा राधा ४, सर्जु ५२, सुख्खा ३, हर्दिनाथ १, गोरखनाथ, लोकनाथ, साबित्री, लोकतन्त्र, मिथिला, मनिसा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको रोपाइँ हुने गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।