image
image

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौँ, २, कात्तिक । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ।बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ।नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

भारी वर्षाले डोटी, डडेलधुरा र कञ्चनपुर बढी प्रभावित छन्।

महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एकरएक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएर बेपत्ता छन्। केही स्थानमा बाढी र पहिरोले मानिसहरु बीचमा थुनिएको खबरसमेत आएका छन्।

गृहमन्त्री खाणले आज सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन पनि दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।