image
image

दक्षिण कोरिया जानेलाई  कोभिड जोखिम बीमा अनिवार्य 

काठमाडौँ १ कात्तिक ।  रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत दक्षिण कोरिया जानेले पाँचहजार अमेरिकन डलर बराबर बीमा गराउनुपर्ने इपिएस शाखाले बताएको छ। कोभिड–१९ महामारीका बीच कामदार लैजाने प्रकृया अगाडि बढेकाले कोभिड जोखिम बीमा अनिवार्य गराउनुपर्ने शाखाको भनाई छ।

हाल कोरियाले निश्चित मापदण्ड पालना गरी पहिलो चरणमा कोरिया रोजगारीमा पुगेर नेपाल फर्किएका (कमिटेड) श्रमिकहरु लैजाने भएको हो। बिमाका लागि अजोड इन्स्योरेन्स लिमिटेड, प्रभु इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीमा सम्पर्क गर्न शाखाले अनुरोध गरेको छ।

यसअघि नेपालमा कोरोना महामारी धेरै बढेकाले  कोरियाले नेपाललाई कोभिडको उच्च जोखिमयुक्त मुलुक (रेड जोन) मा राखेको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।