बढ्यो जुम्ली स्याउको मूल्य, अहिलेसम्मको सर्वाधिक
काठमाडौँ १ कात्तिक । कर्णाली राजमार्गको सञ्चालन सँगै सडक मार्ग हुँदै जुम्लाको स्याउ बाहिर जिल्ला निर्यात हुन थालेपछि जुम्ली स्याउको मूल्य बढेको छ । एक दशक अघिसम्म प्रतिकेजी १५ देखि २० रुपैयाँमा विक्री वितरण हुने गरेको जुम्ली स्याउको मूल्य बढेको हो ।
गत बर्ष बगैँचामै स्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँ थियो। यो बर्ष जुम्ली स्याउको मूल्य १५१ रुपैयाँ प्रतिकेजी छ। यो मूल्य जुम्ली स्याउको अहिलेसम्मको सर्वाधिक हो।
गत पुष माघ महिनामा हिउँ नपुर्न,चैत बैशाखमा तुवालोले चिचिला झार्नु र स्याउ बर्षैपिच्छे पालो गरेर फल्ने भएकोले यो बर्ष स्याउ उत्पादनमा कमि आएको कृषि विज्ञहरु बताउँछन्। केही क्षेत्रमा असिनापानीले कोपिलामै स्याउ झारेको थियो।