image
image

रूपन्देहीमा बाढीले बगायो डाइभर्सन, यातायात अवरूद्ध

काठमाडौँ, १, कात्तिक । रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ।देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले सोमबार बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ।

यसअघि गत भदौ ११ मा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो।

डाइभर्सन बाढीले बगाएपछि फेरि यातायात अवरूद्ध भएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए।

रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत क्षेत्रमा आइतबारदेखि पानी परेको छ। पानी परेपछि खेतमा धानसमेत भिजाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।