image
image

वर्ल्ड लिंकको नेटटिभी सिंग्नल गैरकानूनी, पर्यो उजुरी 

काठमाडौँ ७ फागुन- इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले गैरकानूनी रुपमा टेलिभिजन सिंग्नल वितरण गरिरहेको तथा राज्यलाई रोयल्टी समेत नतिरेको भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा लिखित उजुरी परेको छ ।

देशभर टेलिभिजन च्यानल वितरकहरुको संस्था नेपाल केबुल टेलिभिजन व्यवसायी महासंघले उक्त उजुरी जारी गरेको हो। वर्ल्ड लिंकले वितरण गर्दै आएको टेलिभिजनको सिग्नल गैरकानुनी भएको भन्दै त्यसको खारेजी माग भएको हो ।राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ४(इजाजतपत्र नलिई प्रसारण गर्न नहुने) मा भएको व्यवस्थानुसार वर्ल्ड लिंकले प्रसारण गर्दै आएको टेलिभिजन प्रसारण इजाजत नै नलिई प्रसारण भइरहेको र उक्त दफाअनुसार यो टिभी प्रसारण गैरकानूनी भएको ठहर महासंघको छ ।

यस्तै वर्ल्ड लिंकले राष्ट्रिय प्रसारण ऐन, नियम बमोजिम प्रसारण इजाजतपत्र प्राप्त नगरी आफ्ना इन्टरनेट सेवाका ग्राहकहरुलाई प्रसारण गरिरहेको टेलिभिजन सिंग्नल गैरकानूनी हुनुका साथै उसले सरकारलाई प्रसारण शुल्क समेत नतिरेकाले उक्त कम्पनीलाई कारबाहीको माग समेत महासंघले गरेको छ । महासंघले एआईटीभी स्ट्रिम्सले गैरकानूनी रुपमा वल्र्ड लिंकलाई प्रदान गरिरहेको टेलिभिजन सिंग्नल तत्काल बन्द गर्न र राष्ट्रिय प्रसारण ऐन, नियम बमोजिम सजाय गर्न समेत माग गरेको छ ।
 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।