image

लकडाउनले निम्त्याएको 'कुरुस' ब्रान्डको सफलता ।

२०१९ डिसेम्बर देखि देखा परि विश्व  महामारीको रुप लिएको कोराना भाइरसले मे देखि नेपालमा पनि देखा परेको थियो । महामाहरी भित्रिए पछि  नेपालमा पनि लकडाउन  सुरु भएको कारण थुप्रै युवाहरुले रोजगार गुमाउनु परेको थियो । झन्नै ४ महिना मानिसहरुको जनजीवन अस्तव्यस्त बनिरहेको बेला २५ वर्षका आकांक्षा जिसी र अशेष श्रेष्ठ र २२ वर्षका जेनिस व्यञ्जनकार र सलोनी राणा त्यस्तै अवस्था पुगेका थिए । 
उनिहरुले २०१९ डिसेम्बरमा सन्चालनमा ल्याएको   'पालिन्चा'कम्पनी अगाडि बढ्न सकेन । 
 पालिन्चा दर्ता गरेको चार महिनामै आएको कोरोना सोच्दै नसोचेको महासंकट थियो। के-कसो गर्ने मेसो नपाएका उनीहरूका लगाि कोरोनाकालको सुरूआती चरण कठोर परीक्षणकाल बनेर तेर्सियो।
महामारी नफैलिएको भए उनीहरू पालिन्चामार्फत् कार्यक्रम व्यवस्थापन, रिपोर्ट लेखन र अनुसन्धान लगायत काममा व्यस्त हुन्थे। तर संस्थाको चिन्ता गर्दै बाध्यात्मक फुर्सदमा घरभित्रै खुम्चिनुको विकल्प थिएन। उनीहरूको उल्झन बढिरहेको थियो। 
यसै क्रम्मा आकांक्षाले कुरुश समाउन पुगिन र आहिले चारजाना साथी मिलेर कुरुश ब्रन्ड नै सन्चालनमा ल्याउन सफल भएका छन । अहिले दैनिक कुरुस नेपालबाट उनीहरूले परम्परागत रूपमा सिलाइ-बुनाइ गर्ने अनुभवी कामदारमार्फत मफलर, टोपी, पन्जा, मोजा, हेडब्यान्ड, स्विटरले आदि बनाएर बजार गरेका छ्न ।  छोटो समयमै यसले सकारात्मक नतिजा ल्यएको  र  कुरुस नेपालका उत्पादन र काम जति थपिँदैछ, उनीहरूको व्यस्तता उति बढ्दै गएको बताउछन ।
  नेपालमा नै केही गर्न सकिन्छ भन्ने  एक उद्धाहरण भएको उनीहरुले  बताएका  छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।