image
image

चहलमाथि जातिगत टिप्पणी गरेको मामिलामा युवराज सिंह पक्राउ

काठमाडौँ, १, कात्तिक । अनुसूचित जाति विरुद्ध अपमानजनक टिप्पणी गरेको मामिलामा क्रिकेटर युवराज सिंहलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । हारियाणाको हिसार जिल्लास्थित हांसीबाट उनी पक्राउ परेका हुन् । यद्यपि, औपचारिक जमानतमा उनलाई तत्कालै रिहा गरिएको थियो । गत वर्ष रोहित शर्मासँगको लाइभ च्याटका दौरान अर्का क्रिकेटर युजवेन्द्र चहलको जातिलाई लिएर उनले अपमानजनक टिप्पणी गरेको आरोप छ ।

हांसी प्रहरीका डीएसपी विनोद शंकरले सिंहलाई मुद्दाको जाँचमा सामेल गर्नका लागि पक्राउ गरिएको हो । यसअघि पनि दुईपटक उनलाई जाँचमा सामेल गरिएको गरिएको थियो । त्यसपछि प्रहरीले हाईकोर्टको निर्देशनमा युवराजलाई धरौटीमा रिहा गरेको बताइएको छ । 

कोरोना महामारीबीच सन् २०२० मा भारत लकडाउनमा थियो । यस दौरान खेलाडी भिडियो च्याटमा कुराकानी गर्थे । यही क्रममा युवराज सिंहले भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मासँग इन्सटाग्राम लाइभ च्याटमा कुराकानी गरिरहेका थिए । त्यतिबेला दुईबीच युजवेन्द्र चहलको बारेमा छलफल भएको थियो । यस दौरान सिंहले कथितरुपमा जातिसूचक शब्दको प्रयोग गरेका थिए ।

सो भिडियो चाँडै सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उनले भनेका थिए, ‘यो (जातिसूचक शब्द) मानिसहरूको काम नै छैन । युजीलाई हे–यौ कस्तो भिडियो हालेको छ ।’ त्यतिबेला चहलले टिकटकमा डान्स गरेको भिडियो अपलोड गरेका थिए । प्रहरीले यसबारे अनुसन्धान गर्न युवराजको मोबाइल जफत गरेको छ । आरोप पुष्टि भए सिंहमाथि ५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।