image
image
हाइटीमा १७ जना अमेरिकी मिसनरी अपहरित

हाइटीमा १७ जना अमेरिकी मिसनरी अपहरित

काठमाडौं असोज ३१ । हाइटीको राजधानीबाट १७ जना अमेरिकी क्रिस्चियन मिसनरीहरू अपहरणमा परेका छन्। मिडिया रिपोर्टका अनुसार स्थानीय ग्याङले बालबालिकासमेतलाई अपहरण गरेका हुन् । न्युयोर्क टाइम्सले पोर्ट–एउ–प्रिन्सका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उनीहरू शनिबार एक बसबाट अपहरणमा परेको जनाएको छ । सो समूह अनाथालयबाट केही सदस्यहरूलाई विमानस्थल छाड्न गइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

एएफपी समाचार एजेन्सीले पनि सुरक्षा स्रोतको हवाला दिँदै उनीहरूलाई सशस्त्र समूहले अपहरण गरेको जानकारी दिएको छ । सो समय लामो समयदेखि राजधानी र डोमेनिकन रिपब्लिकको सीमामा चोरी र अपहरणमा संलग्न हुँदै आएको बताइएको छ । अमेरिकी सरकारका प्रवक्ताले अपहरणको समाचारबारे आफूहरू जानकार रहेको र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफूहरूको प्रमुख प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।