image
image
भीषण वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

भीषण वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती सडक पुनः अवरुद्ध

काठमाडौं असोज ३१ ।गए रातिको भीषण वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्न अस्थायी मोटरबाटोमा क्षति पुगेको छ। 

गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी बनाइएको मोटरबाटो पुनः बाढीले बगाएको हो। मोटरबाटोमा गए रातिको वर्षाले पुनः क्षति भएको अस्थायी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले जानकारी दिए। 


मौसम सुधार आउने वित्तिकै बाटो मर्मत गरी सञ्चालनमा ल्याइने उनले बताए। यस्तै मेलम्ची दुवाचौर जोड्न फट्टेमा बनाइएको ह्युमपाइप माथिको माटो बगाएका कारण उक्त बाटोसमेत अवरुद्ध भएको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए। 

हेलम्बुको चनौटेमा राखिएको ह्युमपाइप भने सुरक्षित रहेको स्थानीयवासी यम ज्योतिले बताए। असार १ र साउन १६ गते आएको बाढीका कारण  सडक सञ्जाल टुटेका सिन्धुपाल्चोकका विभिन्न ठाउँमा ह्युम पाइप राखी गाडी सञ्चालन गरिएका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।