image

मोतीपुर घटनाका  मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय

मोतीपुर घटनाका मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय

काठमाडौँ २५ असोज । लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई एक-एक लाख रुपैयाँ दिने निर्णय गरेका हुन्।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो।

मुख्यमन्त्री केसीले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन दिएका छन्। उनले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल बनाउन निर्देशन दिएका हुन्। सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले यस्तो निर्देशन दिएका हुन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।