image

बैंक लुट्ने प्रयास गर्ने भारतीय लुटेरा पक्राउ 

बैंक लुट्ने प्रयास गर्ने भारतीय लुटेरा पक्राउ 

काठमाडौँ  २५ असोज । मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले सिटिजन्स बैंक लुट्ने प्रयास गरेको छ । आज (सोमबार) सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए। सोहिक्रममा लुटेरा समूहले चलाएको गोली गार्डलाई लागेको जनाइएको छ । उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको थियो । बैंक लुट्ने प्रयास भने असफल भएको जनाइएको छ। उक्त विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।