image

बढ्दै महिला उद्योगी व्यवसायी 

काठमाडौँ  २५ असोज  । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ ।गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालय लहानमा सुनिता जेनरल स्टोर्स दर्ता गराउनुभएको उहाँले यतिबेला असल गृहणीसँगै सफल व्यवसायी पनि बन्ने अभियानमा जुट्नु भएको छ । सीप नभएपछि घरकै काममा मात्र सीमित रहँदै आएकी सिरहाको नवराजपुर गाउँपालिका– ५ की पिङ्कीकुमारी यादव पनि यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर नजिकैको बजारमा व्यवसायी गर्दै आउनुभएको छ ।

सुनिता र पिङ्की मात्रै होइन्, सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको जिल्लामा विगत केही महिनायता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको हो ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको रु एक करोडसम्मको कारोबारको उद्योग व्यवसायीको दर्तामा रु २०० मात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि जिल्लामा प्रायः महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दत्र्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो ।

अहिले दैनिक १५ देखि २० सम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ९० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको उहाँकोे भनाइ छ । पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढेको छ ।

त्यही व्यापार पुरुषको नाममा दर्ता भए कारोबारको हिसाबले रु २५ हजारसम्म दर्ताबापत दस्तुर लाग्ने तर महिलालाई रु २०० सम्म मात्र दस्तुर लाग्ने गरेकोले महिलाको नाममा उद्योग व्यापार दर्ता गराउने गरेको प्रमुख यादवको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।