image

राष्ट्र बैंकद्वारा सर्कुलर जारी, सेयर धितोमा ४ र १२ करोडको कर्जाबारे के छ व्यवस्था ?

काठमाडौँ, २५, असोज । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि आज थप सर्कुलर जारी गरेको छ। करिब ६७ पेज लामो एकीकृत निर्देशन २०७७ को संसोधन तथा परिमार्जन सम्बन्धित सर्कुलरमा कोभिड १९ बाट अति प्रभावित क्षेत्र थप गरिएको छ भने कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धमा तथा कर्जा असुली सम्बन्धी कारवाहीमा नयाँ व्यवस्था गरिएको छ।  

त्यस्तै बैंक वित्तीय सँस्थाको सभामा भाग लिन र मतदान गर्न नपाउने सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको छ। त्यस्तै २०७९ असार मसान्तभित्र मर्जर तथा प्राप्तिमा जाने बाणिज्य बैकहरुलाई थप सुविधा दिईएको छ। तर अब भने कमर्शियल बैंकहरुमा क्रस होल्डिंग हुने गरि लगानी गर्न नपाइने भएको छ। 

त्यस्तै ग्राहकसँग सम्झौता गरिएको भन्दा कुनै पनि शिर्षक देखाएर थप शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। १० वर्ष देखि शुन्य मौज्दात रही कारोबार नभएका खाताहरु बैंक वित्तीय संस्थाले सार्बजनिक सूचना प्रकाशन गरी बन्द गर्न सक्नेछन्। यस्तो खाताको विवरण बैंकको वेबसाइटमा उपलब्ध हुनुपर्नेछ। 

करिब ६७ पृष्ठ लामो सर्कुलर जारे गरे पनि सेयरका लगानीकर्ता तथा आम चाँसोको बिषय बनेको सेयर धितो कर्जामा ४ र १२ करोडको सिमाबारे राष्ट्र बैंकले कहीं कतै केहि बोलेको छैन। 

सेयर धितो राखेर एउटा बैंकबाट बढीमा ४ करोड र ३ वटा बैंकबाट बढीमा १२ करोड लिन कर्जा लिन पाइने व्यवस्थामा संसोधन वा परिमार्जनको अपेक्षा गरिएको थियो तर राष्ट्र बैंकले यस बिषयमा कहिँ कतै बोलेको छैन।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।