१६ विधामा सीपमुलक तालिम सञ्चालन गदै बोर्ड
काठमाडौँ, २४, असोज । वैदेशिक रोजगार बोर्डले विभिन्न १६ विधामा निःशुल्क एक महिने सीपमुलक तालिम सञ्चालन गर्ने भएको छ ।यो तालिम वैदेशिक रोजगारीबाट फर्केका र नेपालमै सीप सिक्न चाहने सबैलाई लक्षित गरी सञ्चालन गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।
सुरक्षा गार्ड, प्लम्बर सहायक, स्टील फिक्सर, डकर्मी, शटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, वेटर, हाउस किपिङमा बोर्डले तालिम दिन लागेको हो । यस्तै असिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सहायक टायल मार्बल फिक्सचर्स, जुनियर फर्निचर मेकरसहायक आल्मुनियम फेब्रिकेटर र जुनियर ब्युटिसियनको तालिम सञ्चालन गर्न बोर्डले जानकारी दिएको छ ।
तालिम लिन इच्छुक व्यक्तिले आफ्नो पालिकामा रहेको रोजगार सूचना केन्द्रमा गएर पनि बुझ्न सक्नेछन् । तालिम लिनको लागि पालिकाले वा वडाले नै किटानी सिफारिस गरेको हुनुपर्ने बोर्डले जनाएको छ । तालिम लिइसकेपछि निःशुल्क सीप परीक्षण पनि हुने छ । तालिम कम्तीमा पनि एक महिनाको हुने बोर्डले जानकारी दिएको छ ।
जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर अहिले पनि कतिपय व्यक्तिलाई तालिम दिने काम भइरहेको बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । वैदेशिक रोजगारीमा जाने कामदार र देशभित्र आवश्यक दक्ष कामदार उत्पादन गर्न लक्ष्यका साथ तालिम सञ्चालन गदै आएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
बोर्डले स्थानिय र प्रदेशस्तरमा पनि सञ्चालन गदै आएको छ । गत आर्थिक वर्षमा तीन हजार सात सय जनालाई तालिम प्रदान गरेको र चालु आर्थिक वर्षमा १० हजारलाई सीपमुलक तालिम दिने लक्ष्य रहेको बोर्डले जनाएको छ ।