image
image

गैरकानुनी रुपमा बसेका श्रमिकलाई कतारमा आममाफी

काठमाडौँ, २४, असोज । कतार सरकारले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकलाई कैद वा जरिवानाबिना वैध हुन पाउने घोषणा गरेको छ । आन्तरिक मन्त्रालयका अनुसार अक्टोबर १० देखि डिसेम्बर ३१ गतेभित्र आफ्नो गैरकानुनी हैसियतलाई वैध बनाउन पाउने भएको हो । यो श्रम (काम गर्न पाउने) भिसा र परिवार भ्रमण भिसाको अवधि समाप्त भएर बसेकाहरुको हकमा लागू हुनेछ ।

कतारले यसअघि २०१७ मा आममाफी दिएको थियो । यो समयभित्र आफ्नो कानुनी हैसियत वैध बनाउन मिल्ने मन्त्रालयको भनाइ छ । कतार सरकारले गैरकानुनी हैसियतमा बसेकाहरुले उम सलाल, सनैया, मिसैमिर, अल वर्का र अल रैयानस्थित सेवा केन्द्रमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । ती श्रमिकहरु सिधै सनैयास्थित खोज तथा अनुगमन विभाग (सीआईडी भनेर चिनिने कार्यालय)मा समेत जान पाउनेछन् ।

कम्पनीले भिसा नवीकरण नगरिदिएको वा कम्पनी छाडेर अन्यन्त्र काम गरिरहेका श्रमिकहरुले आफूलाई कानुनी हैसियत प्रदान गर्न सक्नेछ । कतारले कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याएपछि मात्रै कम्पनी छाडेर भाग्ने प्रवृत्तिमा कमी आएको छ । त्यसअघि तलब नपाएका र बन्द भएका कम्पनीका कामदारहरु भाग्ने गरेका थिए ।

कतारमा गैरकानुनी हैसियतमा बसेका नेपाली श्रमिकको संख्या एकिन नभएको नेपाली दूतावासले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।