image
image

बुटवलको मोतिपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ, २४, असोज । बुटवलको मोतिपुरमा गोली लागेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ मोतीपुरमा भएको झडपलाई नियन्त्रणमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको हो ।

अतिक्रमित बस्ती हटाउन प्रशासनले बल प्रयोग गर्न खोज्दा स्थानीय प्रहरीमाथि जाइलागेका थिए । सो क्रममा झडप हुँदा प्रहरीले गोली चलाएको थियो । जसक्रममा ६ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जना प्रहरीसमेत छन् ।

प्रहरीले मृत्तकको नाम र ठेगाना खुलाएको छैन । स्थानीय प्रशासनले मोतिपुरमा कर्फ्यु आदेश जारी गरेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।