image
image
लाभांश घोषणाले पनि सेयर बजारमा  देखिएन उत्साह

लाभांश घोषणाले पनि सेयर बजारमा  देखिएन उत्साह

काठमाडौँ, २४, असोज । बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरे पनि सेयर बजार परिसूचक भने ओरोला लागेको छ। दसैँको मुखमा पनि सेयर बजार ओरालो लागेको हो।

दसैँ बोनस बुझेर बसेका लगानीकर्ताले खरिद गर्ने अपेक्षा गर्दै विश्लेषकहरुले दसैँ अगाडि बजार बढ्ने अनुमान गरेका थिए। बैंक तथा वित्तीय संस्थाहरुले धमाधाम आकर्षक लाभांश घोषणा गरे पनि केही कम्पनीमा बाहेक खासै असर पारेन। आइतबार बजार खुल्नेवित्तिकै नेप्से परिसूचक २२ अंकसम्म बढेको थियो।

उक्त बढेको बजार केहीबेर पनि टिक्न सकेन र बन्द हुने समयसम्म १८.५३ अंकले घटेर २६६२.५८ अंकमा झरेको छ। गत साता घट्दै गरेको बजारमा हरियाली छाएको थियो।

आइतबार कारोबारमा भने केही वृद्धि भएको छ। ४ अर्ब ४९ करोड ८० रुपैयाँको कारोबार भएको छ। भने ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता सेयर कारोबार भएको छ।

४८ कम्पनीको सेयर बढ्दा १३८ कम्पनीको सेयर ओरालो लागेको छ। सबैभन्दा बढी मैलुङ खोला कम्पनीको सेयर १० प्रतिशत बढेको छ। आइतबार मात्रै ५० प्रतिशत लाभांश घोषणा गरेको महिला लघुवित्तको सेयर पनि ९।३७ प्रतिशतले बढेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।