image
image
राजेश हमालले पाएको  महानायक उपाधिमाथि प्रश्न गर्दा लाइकभन्दा डिसलाइक बढी 

राजेश हमालले पाएको  महानायक उपाधिमाथि प्रश्न गर्दा लाइकभन्दा डिसलाइक बढी 

काठमाडौँ, २४, असोज । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा महानायक विवाद चर्किएको छ ।

फिल्म डाँडाको बर पिपलुको गीत रिलिज कार्यक्रममा निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमालले पाएको महानायक उपाधिमाथि प्रश्न गरे । त्योमात्र होइन, सोभितले अभिनेता भुवन केसीलाई महानायक घोषणा गरिदिए । सोही कार्यक्रममा भुवनले भने अभिनेता शिव श्रेष्ठलाई महानायकको पहरी लगाइदिए ।

उक्त कार्यक्रमपछि राजेशका शुभचिन्तकहरू सोभित, भुवन र शिवसँग भड्किए । त्यसको प्रभाव उनीहरूले सार्वजनिक गरेको फिल्मको प्रचार सामाग्रीमा देखिएको छ ।

भुवन, शिव, गौरी मल्‍ल, सलोन बस्नेत, रुविना थापालगायत अभिनित फिल्मको गीत र ट्रेलरमा लाइकभन्दा डिसलाइक बढी छ ।

ुदेउराली बनेछ ढुंगाको बोलको गीत युट्युबमा सार्वजनिक भएको तीन सातामा जम्मा २ लाख ६३ हजारले हेरेका छन् । त्यसमा १० हजारले भिडियोलाई लाइक गरेका छन् भने १९ हजार दर्शकले डिसलाइक गरेका छन् ।


त्यस्तै, एक साताअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले युट्युबमा १ लाख पनि भ्युज पाउन सकेको छैन । जसमा ४ हजार दर्शकले लाइक गरेका छन् भने ५ हजार दर्शकले डिसलाइक गरेका छन् ।

दुवै भिडियोमा आएका प्रतिक्रियाहरू प्राय महानायक विवादमा नै केन्द्रित छन् । राजेशलाई महानायक नस्वीकार्दा यस्तो हालत भएको धेरैको प्रतिक्रिया छ । अहिले निर्देशक सोभित बस्नेतले राजेश हमाललाई नै महानायक स्वीकारेका छन् । उनले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा नै राजेशको फोटोलाई प्रमुख अतिथि बनाएर महानायक स्वीकारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।