image
image
ढाँट्ने र छलकपट गर्ने काम ओलीको हो, हाम्रो होईन ः गगन थापा

ढाँट्ने र छलकपट गर्ने काम ओलीको हो, हाम्रो होईन ः गगन थापा

काठमाडौँ, २४, असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले इतिहासको कमजोरीबाट नसिक्ने हो भने अप्ठेरोमा पर्ने बताएका छन् ।

उनले गल्ती गर्ने छुट कांग्रेसलाई नभएको बताएका छन् । “गजेन्द्र हमालले राजीनामा दिनुभयो, एकदम राम्रो भयो,” उनले भने, “उहाँको परिवारको योगदान कांग्रेसले कहिल्यै बिर्सन सक्दैन तर ढाँट्ने र उज्यालोमा जवाफ दिन नसक्ने काम कांग्रेसले गर्नै मिल्दैन ।”

उनले ढाँट्ने र छलकपट गर्ने कामको जिम्मा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दिनुपर्ने बताए ।

“हामी केपी ओली होइनौँ ढाँटिरहनका लागि,” उनले भने, “ढाँट्ने र छल्ने कामको जिम्मा केपी ओलीलाई नै दिऊँ । कांग्रेसले उज्यालोमा वकालत गर्न नसक्ने काम नगरौँ ।”

काठमाडौंमा भएको एक कार्यक्रममा आइतबार बिहान थापाले यस्तो बताएका हुन् ।
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।