image
image
पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, २४, असोज । पाल्पामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट पैदलयात्री ५९ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको हो ।  ग २ ख ३३५ नम्बरको ट्रकले पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोक रोकालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

ठक्करबाट घाइते भएका रोकाको उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।