image
image

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

काठमाडौँ, २४, असोज । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा जाने भएका छन्।गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रमलगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्।

देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलोपटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्। 

आज बिहान प्रधानमन्त्री देउवा पोखरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आज पोखरामा कांग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ।

प्रधानमन्त्री देउवा आज पोखरामै बस्ने कार्यक्रम छ भने पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सोमबार गर्ने कार्यक्रम पनि तय भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।