पार्टी र जनसंगठनहरुका हरेक कमिटीहरु आर्थिक उत्पादनमा जोडिनु पर्छ : अर्थमन्त्री शर्मा
काठमाडौँ, २३, असोज । अर्थमन्त्री जनार्दन शर्माले अबदेखि पार्टी र जनसंगठनहरुका हरेक कमिटीहरु आर्थिक उत्पादनमा जोडिनु पर्ने बताएका छन् । नेकपा माओवादीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार गरेको कार्यक्रममा उनले अब अबदेखि पार्टी र जनसंगठनहरुका हरेक कमिटीहरु आर्थिक उत्पादन, , रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्य रुपले जोडिनुपर्ने बताएका हुन् ।
हरेक कमिटी र हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकोले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह उनले गरेका छन्।
अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योगहरु चलाउने, नयाँ उद्योग धन्दा खोलेर रोजगारी सृजना गर्ने र राष्ट्रिय पुँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए । सरकारले शहीद परिवारलाई मासिक वृत्ति, दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका घाइतेहरुको निशुुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउदै, डिजिटल शिक्षालगायतका लोक कल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयन समेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।
उनले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गरे । उनले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताएका हुन् । ‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सवथोक विकेन्द्रीकरणतर्फ गयो ।’ उनले भने ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनु पर्यो ।’