रामकुमारी झाँक्री ः युवाको आशा, तर छवि जोगाउने चुनौती
काठमाडौँ, २२, असोज । चर्चित युवा नेतृ रामकुमारी झाँक्री बिद्यार्थी आन्दोलनबाट उदाएकी हुन् । २०३५ साल जेठ १० गते गुल्मीको मदाने गाउँपालिकामा जन्मिएकी मन्त्री झाँक्रीको हालको ठेगाना शंखमूल काठमाडौं हो । उनको परिवारमा श्रीमान र एक छोरा छन् । उनले मानविकीमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेकी छिन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट २०७४ सालमा उनी प्रतिनिधि सभा सदस्यमा बनेकी हुन् । २०४७ सालमा पृथ्वी मावि गुल्मीबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै उनको विद्यार्थी राजनीति प्रारम्भ भएको हो ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट झाँक्री अध्यक्षमा निर्वाचित भएकी थिइन् । पार्टीको विभिन्न भूमिकामा रहेर काम गरेकी उनी एमालेको नवौं राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासत तथा थुनामा परेकी उनले २०६२÷६३ को आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । हाल उनी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य हुन् ।
पछिल्लो समय झाँक्री राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचक बनेपछि रानजीतिमा विशेष चर्चामा छिन् । यसक्रममा उनले आलोचकहरु मात्रै होइन, धेरै समर्थकहरुसमेत कमाएकी छिन् ।
एमालेमा रहँदा झाँक्री घनश्याम भुसालको विचार समूहसँग निकट थिइन् । तर, पार्टी विभाजन हुँदा उनले भुसालको साथ छाड्नि र माधव नेपाललाई दह्रो साथ दिइन् । यसक्रममा माधव नेपाललाई हात समातेर डोर्याएको तस्बिरसमेत भाइरल बन्यो ।
पहिलोपटक मन्त्री बनेकी झाँक्रीले सरकारमा रहँदा आफ्नो छविलाई कसरी अगाडि बढाउलिन् भन्ने नयाँ पुस्तामा चासो छ ।