image
image
मन्त्री बन्न कम्बिनेसन मिलेनः मेटमणि चौधरी

मन्त्री बन्न कम्बिनेसन मिलेनः मेटमणि चौधरी

काठमाडौँ, २२, असोज । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राजनीतिकर्मीका लागि मन्त्री पद गौण भएको उल्लेख गरेका छन्। उनले को मन्त्री बन्यो, को बनेन भन्ने मुख्य विषय नभएको समेत बताएका छन्।

एकीकृत समाजवादीबाट चौधरी मन्त्री बन्न लागेको समाचारहरु सार्वजनिक भएको भएपनि अन्तिममा उनको नाम मन्त्रीको सूचीबाट हटेपछि सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

मुख्यकुरा प्रणाली जोगिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘संवैधानिक सर्वोच्चता कायम भएको छ र कानुनी राज्य स्थापना भएको छ ।’

मन्त्री बन्ने भनेको चर्चा भएकोतर्फ इंगित गर्दै उनले प्रतिनिधि सभाका सबै सदस्यले मन्त्री बन्ने कुराको चासो राख्नुपर्ने बताउँदै भने, ‘सांसदहरुले चासो राख्छ र राख्नु पनि पर्दछ। तर, दीर्घकालिन चेत राखेर राजनीतिको खुला चौरमा प्रबेश गरेको राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण विषय बन्न जान्छ। फेरि मन्त्री हुने कुरा – सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ। कहिलेकाँही त्यो कम्बिनेसन नमिल्न नि सक्छ। आजको परिस्थिति यही हो । ‘

नेकपा समाजवादी कठिन मोडमा रहेको उनले उल्लेख गरेका छन्। उनले नेतृत्वलाई अनावश्यक दवाब दिन नहुने उल्लेख गरेका छन्।

पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी रहेको उनले बताए। उनले आफूमाथि साहनुभुति राख्नेहरुलाई धन्यवाद दिए। मन्त्रीको सिफारिसमा परेका सबैलाई उनले सफल कार्यकालको शुभकामना दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।