image
image

तास खेलेको आरोपमा १६ जना पक्राउ

काठमाडौँ, २२, असोज । मध्यरातमा हल्ला गरेर तास खेलेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायणबाट १६ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसबाट तास खेल्नेहरुलाई पक्राउ गरिएको भक्तपुरका एसपी शिव कुमार श्रेष्ठले बताए ।

जुवा खालबाट प्रहरीले ४१ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा पुल हाउसका संचालक ईश्वर तामाङ, चाँगुनारायण नगरपालिका बस्ने विष्णु बहादुर तामाङ, अजय पुडासैनी, तिलक तामाङ, सुजन तामाङ र सुमित तामाङ सहित १६ जना छन् । आरोपीहरुलाई जुवा ऐनमा मुद्दा चलाइने एसपी श्रेष्ठले बताए ।

आरोपीहरुले मनोरञ्जन गर्ने उद्देश्यले जुवा खेलेपनि मध्यरातमा होहल्ला गरेर अरुलाई डिस्टर्ब गरेको हुनाले प्रहरीले मुद्दा चलाउने निर्णय गरेको छ । यसअघि असोज १५ मा सोही ठाउँमा सुमन तामाङको घरमा संचालित जुवा खालबाट पक्राउ गरिएका ४ जना जनही ६ हजार धरौटी तिरेर छुटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।